दाङको देउखुरीमा राप्ती क्रिकेट क्लब गठन , नव गठित क्लवको अध्यक्षमा गुप्ता चयन



ओमप्रकाश गुप्ता, सिसहनियाँ २४ जेठ । दाङको देउखुरीमा राप्ती क्रिकेट क्लब गठन गरिएको छ । पछिल्लो समय क्रिकेटको उदायमान जिल्लाको रुपमा परिचित दाङ जिल्लाको प्रवेशद्वार समेत रहेको राप्ती गाउँपालिकामा शुक्रवार राप्ती क्रिकेट क्लब गठन भएको हो । स्थानिय क्षेत्रमा नेपालको सर्वाधिक लोकप्रिय खेल समेत रहेको क्रिकेटको प्रबर्द्धन तथा विकास गर्ने उदेश्य राखेर दुर्गाप्रसाद गुप्ताको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति समेत चयन गरेको छ ।

जसको उपाध्यक्षमा पवित्रा बिक ,सचिवमा सुमन ज्ञवाली , कोषाध्यक्षमा बलराम शाही, सदस्यहरुमा त्रिभुवन गुप्ता , बिषम्भर गुप्ता ,चन्द्रमणी ज्ञवाली ,ओम कुमारी बिक, मालती गौतम ,हेमराज अधिकारी र सुवाश भुषाल चयन भएका छन् । यस्तै पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक केशव झाक्री मगर क्लबको मुख्य प्रशिक्षक रहने छन् । भने खेल पत्रकार सलमान शाह सहित विष्णु पोख्रेल ,ऋषिराम शर्मा र हेमराज पोख्रेल क्लबका सल्लाहकारहरु रहेका छन् । क्लब गठन भएसँगै क्लबले आगामी दिनहरुका कार्ययोजना माथि छलफलसमेत गरेको थियो । जसमा स्थानिय खेलाडीको क्षमता विकासका लागि क्लबले विभिन्न योजनाहरु ल्याउने उल्लेख गरेको छ । यस्तै स्थानिय स्तरबाट समग्र क्रिकेटलाई योगदान दिने अभिप्रायसहित चाडैंनै क्रिकेट प्रतियोगिता समेत गरिने क्लबले जानकारी गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्