रुकुम र रोल्पाको पछिल्लो मत परिणाम आयो, बाम गठबन्धनको चमत्कार



मंसिर २१, रोल्पा । रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अग्रता बनाउनुभएको छ ।

प्रतिनिधिसभाको लागि १ क्षेत्र रहेको रोल्पामा वाम गठबन्धनका तर्फबाट वर्षमान पुनले ६ सय ९६ मत ल्याउनुभएको छ भने कांग्रेसका तर्फबाट अमरसिंह पुनले ३ सय ४३ मत ल्याउनुभएको छ ।

प्रदेशसभा (क)मा माओवादीका कुलप्रसाद केसीले २ सय ९३ र कांग्रेसका शेरबहादुर महराले २ सय ७९ मत ल्यानुभएको छ । यस्तै, प्रदेशसभा (ख)मा माओवादीका दिपेन्द्रकुमार पुनले ५ सय १३ र कांग्रेसका खगेन्द्रप्रकाश हमाले १ सय ३७ मत ल्याउनुभएको छ ।

प्रतिनिधिसभाको लागि २ ठाउँमा र प्रदेशसभाको लागि २ ठाउँमा गणना भैरहेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ७० हजार मत खसेको जानकारी दिनुभयो ।

जनार्दन शर्मा कांग्रेस उम्मेदवार शाहभन्दा भारी मतले अगाडि

रुकुम पश्चिममा माओवादी नेता जनार्दन शर्मा तेब्बर मतले अगाडि रहनुभएको छ । सुरुवाती मतपरिणाम अनुसार पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले २५६४ मत ल्याउनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहले ७१५ मत ल्याउनुभएको छ । त्यस्तै नयाँ शक्तिका उम्मेदवार सरुण वाँठा मगरले ७९ मत ल्याउनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्