देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा अाउने



ओमप्रकाश गुप्ता , सिसहनियाँ २४ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा कोरोना देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा अाउने भएको छ ।

शुक्रवार सरोकारवालाहरुको राप्ती गाउँपालिका कार्यालयमा बसेको बैठकले १ सय बेड सहितको देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर स्थापना तथा सञ्चालनको विषयमा बैठक बसेको हो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका अध्यक्ष सुवेदीको  अध्यक्षतामा ९ सदस्यीय तदर्श समिति समेत गठन गरेको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

दाङमा कोरोना संक्रमण बढ्दै गएको र विरामी राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठुला अस्पतालमा विरामी लैजान सहज होस भनि आइसुलेशन सेन्टर स्थापना गर्न लागिएको बताइएको छ ।

देउखुरी क्षेत्रका प्रदेश सांसद तथा ४ वटै पालिकाका प्रमुख तथा अध्यक्षहरुको सहभागीता रहेको बैठकले देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टरको ब्यवस्थापन तथा सञ्चालनमा पालिकाहरुले खेल्ने भुमिका समेत निर्धारण गरिएको छ ।

आइसुलेसन सेन्टरका लागि आर्थिक रकम, प्राविधिक पक्ष, मानविय पक्ष तथा सुरक्षागत कुराहरुमा सबैको सहभागीता समेत निर्धारण गरि आगामी २७ गते सम्म पुर्ण रुपले सेन्टर स्थापना गरिने समेत निर्णय गरिएको गाउँपालिकाका सुचना अधिकृत विश्वास विकले बताएका छन् ।

नेपाली सेनाको सुरक्षा र व्यवस्थापन रहने, २ जना फिजिसियन चिकित्सक,४ वटै पालिकाकाबाट ८ जना चिकित्सक, ८ जना नर्स, ४ जना ल्याव टेक्नीसीयन र ८ जना कार्यालय सहयोगी सहितको प्रारम्भिक ब्यवस्थापनमा देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर सुरु गरिने छ । साथै थप स्वास्थ्य उपचारको लागि  प्रदेश र  केन्द्र सरकारबाट समेत समन्वय हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्