संघीय सांसदको हैसियत वडाअध्यक्षको जस्तो भयो : गगन थापा



काठमाण्डौँ, जेठ २४
प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गरेका छन् ।

स्थानीय पूर्वाधार विकास (सांसद विकास कोष)का नाममा योजना छनोट गर्ने गरी बजेट लिने अभ्यासले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो हुन पुगेको उनले बताए ।

शनिबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले भने, ‘स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअध्यक्ष जस्तो पैसा लिन थाल्यौं । स्थिति पहिलाको भन्दा बिग्रियो । हाम्रो हैसियत वडाध्यक्षको जस्तो भएको छ ।’

सांसद विकास कोष बन्द गर्नुुपर्ने उनले बताए । कुनै पनि खराब अभ्यास हटाउनुछ भने गुनासो गरेर मात्र नहुने भन्दै उनले भने, ‘साँच्चिकै बदल्न चाहन्छौं भने केही अभ्यास बदल्नु छ, कानुन बदल्नु छ र त्यसको प्रारम्भ वडाध्यक्ष भएर होइन, विधायक भएर गछौं । यो कोष (सांसद विकास)लाई यो पटकको बजेटबाट हटाउनका निम्ति सरकारलाई भन्छौं भनेर यहीँबाट सुरु गर्नुपर्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्