अमेरिकी जनतामाथिको दमनको नेपाल कम्युनिष्ट पार्टीद्वारा भर्त्सना



अमेरिका सत्ताले श्वेत जातीय अहंकार देखाउदै अश्वेतहरुमाथि गदै आएको दमन र गएको मई २५ का दिन निहत्था अश्वेत नागरिक जर्ज फ्लोयडलाई हिरासतमा लिएर प्रहरीले घुँडाले घाँटी थिचसेंर निर्मम र बिभत्स हत्या गरिएको र त्यसका बिरुद्ध उठको जनताको अन्दोलनको दमन गरेको बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पार्टी सह–संयोजक लोकनारायण सुबेदीले आज एक बक्तब्य जारी गर्दै बिरोध जनाएका छन् ।
बक्तब्य यस प्रकार छ :

अमेरिकी जनतामाथिको दमनको नेपाल कम्युनिष्ट पार्टीद्वारा निन्दा र भर्त्सना

आफुलाई बिश्वको सर्बश्रेष्ठ प्रजातान्त्रिक मुलुक र बिश्व मानबाधिकारको एक मात्र ठेकेदार भन्न नथाक्ने अमेरिकाको दक्षिणपन्थी अभिजात बर्गीय सत्ता कसरी आफ्नै देशका अश्वेत अल्पसंख्यक समुदायका निहत्था नागरिकको हत्या गर्दछ भन्ने कुरा गएको २५ मईका दिन निहत्था नागरिक जर्ज फ्लोयडको श्वेत प्रहरी अधिकारीबाट घुँडाले घाँटी थिचेर गरिएको निर्मम र अमानबीय हत्याले पुनः प्रष्ट पारेको छ ।

नेपाल कम्युनिष्ट पार्टी यस्तो क्रूर, बिभत्स र गैर न्यायिक हत्याको घोर निन्दा र भर्त्सना गर्दछ । काला जातिका नागरिकहरुको हत्या श्रृंखलाको यो पछिल्लो कडी मात्र हो । यसभन्दा अघि पनि धेरै अश्वेत नागरिकहरुको बिभिन्न बहानामा निर्मम हत्या भएको छ । अमेरिकी सत्ताले श्वेत नागरिक बाहेक अरु सबै अफ्रिकी, एशियाली मानिसहरुलाई पनि अश्वेत जातिकै मान्दछ र दोश्रो दर्जाका मानिस ठान्दछ । त्यसैले यो सत्ता नश्लबादी र रंगभेदी चरित्रको छ भन्ने कुरा एकदमै प्रष्ट छ ।

अहिले पुनः एक अश्वेत नागरिक फ्लोयडको क्रूर हत्याका बिरुद्ध अमेरिकाभरी र अमेरिका बाहिरका बिभिन्न देशमा पनि मानबाधिकार र नागरिक स्वतन्त्रताको ठाडै खिल्ली उडाउने अमानबीय र निर्मम हत्याका बिरुद्ध जुन आन्दोलन न्यायप्रेमी अमेरिकी श्वेत अस्वेत सबै शोषित पीडत जनताले चलाएका छन् नेपाल कम्युनिष्ट पार्टी त्यस आन्दोप्रति दृढ समर्थन जनाउँदछ र आन्दोलनकारीहरुमाथि ‘काला कुकुर र घातक हतियारले स्वागत गरिने’ भनेर दमनकारी धम्की दिने अमेरिकी अभिजात बर्गीय सत्ता चरित्रको जोडदार बिरोध गर्दै जन समुदायका मानबोचित र जायज माग पूरा गर्न तथा उनीहरुको भाग्य र भबिष्य सुरक्षित र सुनिश्चित तुल्याउन दमनको बाटो छोडेर राजनीतिक पहल गरियोस् भन्ने समेत जोडदार माग गर्दछ ।

लोकनारायण सुबेदी
सह–संयोजक
नेपाल कम्युनिष्ट पार्टी
२४ जेष्ठ २०७७

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्