समाचार

देउराली यातायात अर्घाखाँचीले वितरण गर्याे करिव ८० लाखकाे राहत

By Thah Online

June 06, 2020

अनिल नेपाली देउराली यातयात अर्घाखाॅंची प्रा.ली. ले करिव ८० लाख बराबरकाे रगद सरूप राहत बाडेकाे छ ।

काेरानाले अाक्रान्त भएका गाडि धनिलाई प्रति गाडी ४० हजार ३ सय,सस्थाका प्रत्येक सवारी चालकलाई प्रति व्यत्ति ५ हजार र प्रत्येक सवारी सहचालक २ हजारका दरले नगद राहत वितरण गरेकाे सस्थाका अध्यक्ष याेगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयाे ।

यस्तै सस्थामा कार्यरत क्रर्मचारीलाई प्रत्येक कर्मचारी ५ हजार उपलव्ध गराएकाे महासचिव प्रेमप्रकास पाण्डेले बताउनुभयाे । प्रालि केही समय पहिला अर्घाखाँचीमा रहेका ६ स्थानीय तहलाई काेराना नियन्त्रणमा रकम खर्च गर्नकाे लागि प्रत्येक स्थानीय तह १ लाख १ हजार नगद समेत दिईसकेकाे सहअध्यक्ष भेषबहादुर विसिले जानाकारी दिनुभयाे ।

यस्तै सस्थामा कार्यरत क्रर्मचारी र प्रती गाडीका ३ जना गरि करिव ५ सय जनाको १ लाख बराबरको कोरोना बिमा समेत गरेकाे सञ्चालन समितिका काेषध्यक्ष गाेविन्द्र बजान्डेले बताउनुभयाे ।