रुकुम हत्याकाण्डमा बाँचेका घाइतेहरुलाई नगरप्रमुखले गरे निशुल्क उपचार



 

जाजरकोट : पश्चिम रुकुमको चौरजहारी गरपालिका ८ सोती गाउँमा भएको घटनाका घाइतेको निशुल्क उपचार गराएका छन । जिल्लाको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले निशुल्क उपचार गराएका हुन । शनिवार जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा घटनाका घाईतेको निशुल्क उपचार गराएको नगर प्रमुख घर्तीले जानकारी दिए । गत जेठ १० गते अन्तरजातीय बिवाहको लागि भेरी नगरपालिका ४ रानागाउँका नवराज बिक संग सोतिगाउँ पुगेका जाजरकोटका १९ जना युवाहरू मध्य १३ जना घाइते भएका थिए । घाईतेहरुको उपचार पश्चिम रुकुमको चौरजहारीमा रहेको मिसन हस्पिटलमा प्रहरीले गराउन नदिएको युवाहरुको आरोप छ । प्रहरीले नियन्त्रणमा लिएर पनि उपचारमा कुनै ध्यान नदिएको युवाहरुको गुनासो छ । अत्यधिक चोटका कारण अहिले टाउको दुख्ने ढाड दुख्ने जस्ता समस्या देखिएको कुनै पनि निकायले उपचारमा ध्यान नदिएको घाइतेको आरोप छ । घाइतेको गुनासोलाई मध्यनजर गरिएको नगर प्रमुख घर्तीको भनाइ छ । नियमित मृतक परिवारसंग लागिरहेको बेला पहिलो चरण आफ्नो ब्यक्तिगत खर्चमा उपचार गराएको प्रमुखको भनाइ छ । यस अघि पनि मृतक परिवारलाई रु.२० हजारको दरले १३ औं दिनको काजकिरियाको लागि ६ परिवारलाई समेत दिइसकेको जानकारी दिए । शनिबार स्वास्थ्य सेवा कार्यालयमा घाइतेहरु मदन शाही, सुदिप खड्का,लाल बहादुर खड्का ,सरोज भडेल,ईन्द्रजंग शाह,उपचार भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख शुनिल पुनले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्