स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा चार हजार बढी नागरिकलाई राखियो



रमेश विश्वकर्मा
गुल्मी, जेठ २४। जिल्लाका स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा चार हजार बढी नागरिकलाई राखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायत तेस्रो मुलुकबाट आएका ४ हजार १ सय ३८ जनालाई स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । प्रजिअ शर्माका अनुसार शनिबारसम्म पुरुष ३ हजार ७ सय २८ र महिला ४ सय १० जनालाई क्वारेन्टाइनमा रहेका छन् । रेसुङ्गा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ३ सय ९६ जना मध्ये पुरुष ३ सय ४३ र महिला ५३ जना रहेका छन् ।

त्यस्तै नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा ९ जना रहेका छन् । जहाँ दुई महिला र ७ पुरुष छन् । नगरपालिकाले ४ सय बेड क्षमताको क्वारेन्टाइन र २० बेड क्षमताको आइसोलेशन निर्माण गरेको छ । क्वारेन्टाइन तथा आइसोलेशनको क्षमता बढाउने योजनामा नगरपालिका रहेको छ । मुसिकोट नगरपालिकामा ६ सय ३९ जना क्वारेन्टाइनमा छन् । पुरुष ५ सय ८८ र महिला ५१ ज्ना रहेका छन् । नगरपालिकाले ६ सय ५० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा २ सय २६ जना क्वारेन्टाइनमा छन् । जसमा पुरुष २ सय १४ र महिला १२ जना रहेका छन् । गाउँपालिकामा २ सय ५७ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । चन्द्रकोट गाउँपालिकामा १ सय ९० जना मध्ये १ सय ७८ पुरष र १२ महिला क्वारेन्टाइनमा छन् । गाउँपालिकाले २ सय ४७ बेड क्षमताको क्वारेन्टाइन र १६ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । छत्रकोट गाउँपालिकामा ४ सय १८ जना क्वारेन्टाइनमा छन् । पुरुष ३ सय ७२ र महिला ४६ जना रहेका छन् । गाउँपालिकाले ४ सय ७० बेड क्षमताको क्वारेन्टाइन र तीन बेडको आइसोलेशन कक्षको निर्माण गरेको छ ।

इस्मा गाउँपालिकामा ५ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा पुरुष ४ सय ८७ र महिला ६४ जना छन् । क्वारेन्टाइनको क्षमता ५ सय ६० बेड रहेको छ । मालिका गाउँपालिका २ सय ८८ जना मध्ये पुरुष २ सय ५५ र महिला ३३ जना रहेका छन् । जहाँ ३ सय ७० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । धुर्कोट गाउँपालिकामा ४ सय ७२ जना रहेका छन् । जसमा पुरुष ४ सय २८ र महिला ४४ जना छन् । आइसोलेशनमा १ जना पुरुष उपचाररत छन् । गाउँपालिकाले ४ सय ७५ बेड क्षमताको क्वारेन्टाइन र २० बेड क्षमताको आइसोलेशन कक्षको स्थापना गरेको छ । कालिगण्डकी गाउँपालिकामा ८१ ज्ना पुरुष र महिला १७ जना गरी ९८ जना रहेका छन् । गाउँपालिकाले ३ सय ३६ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । सत्यवती गाउँपालिकामा २ सय २६ जना क्वारेन्टाइनमा छन् । पुरुष १ सय ९२ र महिला ३४ जना रहेका छन् । गाउँपालिकाले २ सय ३० बेड क्षमताको क्वारेन्टाइन र दश बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । गुल्मीदरबार गाउँपालिकामा ३ सय ९० जनामध्ये ३ सय ६८ पुरुष २२ जना महिला छन् । गाउँपालिकाले ४ सय ५७ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । मदाने गाउँपालिकामा २ सय ४४ जना मध्ये पुरुष २ सय २२ र महिला २२ जना छन् भने २ सय ७० बेड क्षमताको क्वारेन्टाइन रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्