सरकारले मृ’त्युपछि पिसिआर गरेर कोरोना पोजेटिभ भन्दै जनताको स्वास्थ्यसंग खेलबाड गर्यो -सांसद कण्डेल

By Thah Online

June 07, 2020

काठमाडौ संवाददाता ।नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले कोरोना परिक्षणमा आरडिटीलाई तत्कालै रोकेर पिसिआर बिधिबाट गर्नुपर्नेमा जोड दिएका छन । प्रतिनिधि सभामा बोल्दै संक्रमितको मृत्युभैसकेपछि मात्रै पिसिआर परिक्षण गरेर कोरोना पोजेटिभ भयो नेपाली जनताको जिवनमा खेलवाड गरेको बताउदै यस्तो गर्न नहुने कंडेल भनाई छ । नेपालमा कोरोनाको संक्रमणबाट हालसम्म १३ जनाको ज्यान गैसकेको छ । यी मध्ये धेरैको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको छ ।

नेपाल सरकारद्वारा प्रस्तुत खर्च कटौती तथा बिभिन्न मन्त्रालय अन्तर्गत बिनियोजित बिधयक सम्बन्धी छलफल प्रस्ताब अनुरुप आज २०७७-०२-२४ को प्रतिनिधिसभा बैठ्कमा संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको खर्च कटौती तथा बाणिज्य तथा आपूर्ति मन्त्रालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवम कृषि, पशुपन्क्षी बिकास मन्त्रालय सबन्धी विभिन्न बिनियोजित विधयेक माथि आफ्नो धारणा राख्दै देवेन्द्र कंडेलले आफ्नो भनाई राखेका हुन् ।

यस्तै प्रतिनिधिसभाको आज बसेको बैठकमा काँग्रेसका सांसद गगनकुमार थापाले यसपटकको बजेटमा स्वास्थ्य मन्त्रालयले प्राथमिकता पाउनु खुशीको कुरा भएको बताए । उनले पञ्चायत वा बहुदलीयकालमा जस्तै बजेट विनियोजन गर्ने परम्परामा परिवर्तन हुन नसकेको भन्दै गणतन्त्रको मर्मअनुसार बजेट विनियोजनको प्रक्रियालाई सुधार गर्न आग्रह गरे । उनले सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको भन्दै विधायकको हैसियत दिन माग गरे ।

स्रोतको अभावले मात्रै स्वास्थ्य सेवा कमजोर अवस्थामा नआएको जिकिर गर्दै थापाले रोगको सङ्क्रमणबाट सङ्कट शुरु भइसकेपछि मात्रै चासो देखिनु विडम्बना रहेको उल्लेख गरे । उनले विसं ६०६८÷६९ बाट शुरु भइसकेको बीमा सबैका लागि अनिवार्य बनाउनुपर्नेमा जोड दिए ।

सदनमा बोल्ने सांसदहरुले कोभिड–१९ रोकथाममा सरकारको सक्रियता बढाउन आग्रह गर्दे परीक्षणको दायरा बढाउन माग गरेका छ । व्यक्तिगत सुरक्षात्मक कार्यक्रमलाई व्यवस्थित गर्दै परीक्षण र क्वारेन्टिनलाई प्रभावकारी बनाउनसमेत उनले आग्रह गरे ।