म्याग्दीमा वामगठबन्धनको अग्रता



सैघाली खबर
पर्वत,२२ मंसिर

मा प्रतिनिधिसभा र प्रदेशसभा कतर्फ वाम गठबन्धनले अग्रता लिएको छ भने प्रदेशसभा खमा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ। बिहान ५ः३० बजेसम्मको परिणामअनुसार प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनलाई वाम गठबन्धनले १७ सय ५६ मतले पछि पारेको छ।

वाम गठबन्धनका भूपेन्द्र थापा ११ हजार ८ सय २३ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका खम्बिर गर्बुजाले १० हजार ५६ मत पाएका छन्। यस्तै, प्रदेशसभा कतर्फ वाम गठबन्धनका विनोद केसीले लोकतान्त्रिक गठबन्धनका भीमप्रसाद गौचनले ८ सय ५० मत अन्तरले अग्रता लिएका छन्।

केसीलाई ७ हजार ४० मत आउँदा गौचनको पक्षमा ६ हजार १ सय ९० मत प्राप्त भएको छ। प्रदेश सभा ख मा भने लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनलाई ४ सय १३ मतले पछाडि पारेको छ। लोकतान्त्रिक गठबन्धनका अमलाल फगामीले ४ हजार ९ सय ५० मत ल्याउँदा वाम गठबन्धनकी उम्मेदवार नरदेवी पुनलाई ४ हजार ५ सय ३७ मत प्राप्त भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्