सैघाली खबर
काठमाडौं,२२ मंसिर
कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् ।
एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका हुन् ।मनाङको प्रदेश सभा खमा भने एमालेका समर्थन पाएका राजीव गुरुङ ९दीपक मनाङे० जितेका छन् । प्रतिनिधिसभामा भने एमालेका पाल्देन छोपाङ गुरुङ विनजी भएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।