।त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्ष र स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले सोमबार परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी, विज्ञान, कानुन र शिक्षाशास्त्र संकायको नियमति, प्राइभेट, पूरा तथा आंशिक परीक्षा असार २३ गतेबाट सुरु हुने तालिका सार्वजनिक गरेको हो ।परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी, विज्ञान, कानुन र शिक्षाशास्त्र संकायको नियमति, प्राइभेट, पूरा तथा आंशिक परीक्षा असार २३ गतेबाट सुरु हुने तालिका सार्वजनिक गरेको हो ।प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको सबै संकायको परीक्षा भने असार २५ गतेदेखि सुरु हुँदैछ । प्रवीणता प्रमाणपत्र तह त्रिभुवन विश्वविद्यालयबाट फेज आउट भइसकेको कार्यक्रम हो । परीक्षा नियन्त्रण कार्यालयले ०५९ मा पहिलोपटक परीक्षामा सहभागी भएका दुवै तहका परीक्षार्थीलाई यसपटक अवसर दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।