टप फिचर

कांग्रेस नेता कोइरालाको प्रश्न- जनताको स्वास्थ्यप्रति सरकार किन यति लाचार ?

By Thah Online

June 08, 2020

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सरकारले कोरोना रोकथाम,नियन्त्रण र उपचारमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले सोमबार एक ट्विट गर्दै भनेका छन्– ‘न क्वारेन्टाइनको व्यवस्थापन राम्रो छ । न संक्रमितहरुको उपचारको राम्रो व्यवस्थापन छ । आरडिटी नेगेटिभ देखिएर घर फर्केकामा संक्रमण फैदलै गएको छ । पिसीआर रिपोर्टका लागी हप्तौँ कुर्नपर्ने अवस्था छ । मृत्यु र अन्त्यष्टी पश्चात पिसिआर परिक्षण गरिन्छ । जनताको स्वास्थ्यप्रति सरकार किन यति निरिह र लाचार ? ’

डा कोइरालाले कोरोना संक्रमण फैलन नदिन सरकारले उचित कदम चाल्न पटकपटक आग्रह गर्दै आएका छन् ।