Politics

विप्लव विद्यार्थीले नवलपुर जिल्लाको विभिन्न ठाउमा रुकुम पश्चिम् घटनाको बिरुद्द्मा बिरोध प्रदशन

By Thah Online

June 11, 2020

कावासोती संवाददाता ।ओली सरकारका बिरुद्ध काठमाडौं,पोखरा लगायतका क्षेत्रमा आन्दोलन चर्किरहेको बेला नवलपूर जिल्लामा भने पश्चिम रुकुममा भएको सोती हत्या काण्ड बिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको छ।

जिल्लाको एक स्थानमा भएको उक्त प्रदर्शनमा पश्चिम रुकुमको सोति हत्याकाण्डमा संलग्नलाई कारबाही गरिनुपर्ने, जातीय विभेद अन्त्य गरिनुपर्ने, सबैको रगत रातो हुन्छ, तिमी र म मा के फरक छ लगायतका पोस्टर, पम्पलेट मार्फत संयुक्त रुपमा प्रदर्शन गरिएको छ भने स्थानीय सँगको सहकार्यमा घरदैलो कार्यक्रम समेत संचालन गरिएको छ। साथै व्यवहारीक शिक्षा लागू गरिनुपर्ने, बेरोजगार उत्पादन गर्ने शिक्षा बन्द गर्नुपर्ने र आफ्नो संगठनमाथि राज्यले लगाएको प्रतिबन्ध खारेज गरिनुपर्ने माग राखेर आन्दोलन गरिएको थियो। कार्यक्रममा जिल्लाका दर्जन बढी ब्यक्ति र स्थानीयको सहभागीता रहेको थियो।

विप्लव विद्यार्थीले नवलपुर जिल्लाको विभिन्न ठाउमा रुकुम सोति घटनाको बिरुद्द्मा बिरोध प्रदशन कावासोती संवाददाता । देशभर ओली सरकारका बिरुद्ध काठमाडौं,पोखरा लगायतका क्षेत्रमा आन्दोलन चर्किरहेको बेला नवलपूर जिल्लामा भने पश्चिम रुकुममा भएको सोती हत्या काण्ड बिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको छ।

जिल्लाको एक स्थानमा भएको उक्त प्रदर्शनमा पश्चिम रुकुमको सोति हत्याकाण्डमा संलग्नलाई कारबाही गरिनुपर्ने, जातीय विभेद अन्त्य गरिनुपर्ने, सबैको रगत रातो हुन्छ, तिमी र म मा के फरक छ लगायतका पोस्टर, पम्पलेट मार्फत संयुक्त रुपमा प्रदर्शन गरिएको एक बिद्यार्थी बताएका छ । उक्त कार्यक स्थानीय सँगको सहकार्यमा घरदैलो कार्यक्रम समेत संचालन गरिएको थियो । साथै व्यवहारीक शिक्षा लागू गरिनुपर्ने, बेरोजगार उत्पादन गर्ने शिक्षा बन्द गर्नुपर्ने र आफ्नो संगठनमाथि राज्यले लगाएको प्रतिबन्ध खारेज गरिनुपर्ने माग राखेर आन्दोलन भएको श्रोतले बताएको छ । कार्यक्रममा स्थानीय जनता र बिद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।