sf7df8f}F, @* j}zfvM k|ltlglw;efsf] a}7s ;+3Lo ;+;b ejg gofFafg]Zjdf cfOtaf/ a;]sf] k|ltlglw;efsf]] a}7sdf ;xefuL ;f+;b . t:jL/ M /Tg >]i7÷/f;;

राजनिती

आठ मन्त्रीले बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै

By Thah Online

June 09, 2020

काठमाण्डौँ, जेठ २७ प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।

आजको बैठकमा ८ मन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदैछन् । बिहान ११ बजे तय गरिएको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ कार्यसूची रहेको छ ।

आज ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सम्बन्धित मन्त्रीले जवाफ दिँदैछन् ।

बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

यसअघि सोमबार १३ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको थियो । आगामी बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि पनि छलफल हुने जनाइएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संविधान) विधेयक २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।