संसदमा गगनको आक्रोश, पाँचवटा पिसीआर मेसिन र २५ हजार किट किनेर १० अर्ब खर्च देखाउने ?



काठमाण्डौँ, जेठ २७
नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना भाइरस नियन्त्रणका नाममा सरकारले चरम लापरबाही गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै समय लिएर बोल्दै थापाले कोरोना संक्रमणमा सरकारको भूमिकालाई लिएर प्रश्न गरेका हुन् ।

उनले वर्तमान सरकारले कोरोनाको लडाइँबाट पार लाउन नसक्ने दाबी गरे । अब आफूहरु सरकारलाई सहयोग गर्छौँ भनेर मात्रै नबस्ने उनको भनाइ थियो ।

‘अब हामी प्रश्न गर्छौँ, उत्तर चाहान्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं । हामीलाई अब उत्तर चाहिन्छ,’ सांसद थापाले भने, ‘१० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । पाँचवटा पिसीआर र २५ हजार किट किनेर १० अर्ब रुपैयाँको हिसाबकिताब देखाउनुपर्दैन ? हामीलाई एक एक कुराको हिसाब किताव चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ठ हो ।’

प्रतिनिधिसभाको हरेक बैठकमा सांसद थापाले सरकारप्रति खबरदारी गरिरहेका छन् । उनले अहिले क्वारेन्टिन नभएर मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प भएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्