मतगणनाजारी, वाम गठबन्धनको अग्रता



सैघाली खबर
काठमाडौं,२२ मंसिर


प्रतिनीधिसभा र प्रदेशसभा चुनावको मतगणना भइरहेको छ । पहिलो चरणमा मंसिर १० गते मतदान भएका ३२ जिल्लाका ३७ क्षेत्रको मतगणना भइरहेको छ । प्रतिनीधि सभाका ३७ क्षेत्र मध्ये अहिले सम्म अहिले सम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुई जना विजयी भएका छन् । त्यसैगरी नेकपामा ओवादी केन्द्रका एक जना विजयी भएका छन् ।

हिमाल पारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधी सभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधि सभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेम प्रसाद तुलाचन निर्वाचित हुनु  भएको छ । तुलाचनले ३५४४ मत  ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत प्राप्त गर्नुभयो । मनाङमा पनि प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित हुनभएको छ ।

उहाँले २ हजार ३ सय मत प्राप्त गर्नु भएको भयो निकटतम् प्रतिस्पर्थी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गर्नुभयो । त्सैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपामा ओवादी केन्द्रकी कमला रोका विजयी हुन भएको छ ।

नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत ल्याउनुभयो । अहिले सम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले १६ स्थानमा अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले १३ स्थानमा र नेपाली कांग्रेसका उम्मेदवारले ५ स्थानमा अग्रता लिएका छन् । प्रदेशसभामा पनि ७४ क्षेत्र मध्ये ५८ क्षेत्रको मतगणना भइरहेको छ ।

नेपाली कांग्रेसले ४ ठाउँमा अग्रता लिएको छ भने बाँकी ठाउँमा वामगठबन्धनका उम्मेदवार अगाडी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्