काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने



सैघाली खबर
काठमाडौं,२२ मंसिर


काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार उम्मेदवारहरुका प्रतिनिधिहरुले साढे ९ बजेभित्र प्रतिनिधि नियुक्त गरिसक्ने र १० बजेबाट मतगणना सुरु हुने अनलाइनखबरलाई जानकारी दिए ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा हुने छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं। ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा तथा क्षेत्र नं। ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ ।

निर्वाचन क्षेत्र नं। ६ को जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नं। ८ को वनपरिसर बबरमहलमा मतगणना हुनेछ । काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र नयाँ शक्तिका रविन्द्र मिश्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्