रुकुमको पूर्वी क्षेत्र प्रदेशसभा १ मा माओवादीका ओली विजयी



सैघाली खबर
रुकुम,२२ मंसिर प्रदेशसभा सदस्य १ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम पनि सार्वजनिक भएको छ ।अन्तिम मत परिणामअनुसार माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार २ सय ८३ मत अन्तरमा पराजित गरे । ओलीको पक्षमा ५ हजार ४ सय २७ मत आएको छ भने कांग्रेसका पुनले २ हजार १ सय ४४ मत ल्याएका छन् । उनी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रुकुम पूर्वको जिल्ला इन्चार्ज हुन् । १३ हजार ९ सय ३ मतदाता रहेको ुकु निर्वाचन क्षेत्रमा ८ हजार ८ सय ६१ मत खसेको थियो । खसेको मध्ये ८ हजार ४ सय ८४ मत मात्रै सदर भएको छ । ४ जनाको उम्मेदवारी परेको उक्त निर्वाचन क्षेत्रमा नयाँ शक्तिका राखिमान घर्तीले ८५१ ल्याएका छन् भने राष्ट्रिय जनमोर्चाका अनाराम पुनले ५९ मत ल्याएका छन् ।

जिल्लाको प्रतिनिधिसभा सदस्यमा यसअघि नै माओवादी केन्द्रकै कमला रोका विजयी भइसकेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्