राप्ती गाउँपालिकाको भुल्के गाउँलाई लोकल कुखुराको हव बनाइदै



ओमप्रकाश गुप्ता , सिसहनियाँ २८ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ भुल्के गाउँलाई लोकल कुखुराको हव बनाउन सुरू गरिएको छ । गाउँपालिकाको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत भुल्के गाउँलाई गरिवी निवारणमा टेवा पुर्‍याउन ३२ घरलाई प्रति घर १३ वटाको दरले स्थानीय लोकल कुखुरा, रोग विरुद्ध औषधी, दाना खुवाउने भाँडा समेत वितरण गरिएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता टिका बस्नेतले जानकारी दिएका छन् । यस्तै गाउँपालिकाको ८ वटा वडामा उन्नत तथा लोकल कुखुरा समेत वितरण गरिएको छ । राप्ती गाउँपालिकाको पशुसेवा शाखाले गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गका लागि आयस्तर बृद्धिमा सहयोग पुर्‍याउने उदेश्यले उन्नत तथा लोकल कुखुरा वितरण गरेको हो ।

वडा नम्बर १ देखी ८ सम्मका ६ सय ४० घर परिवारलाई अष्टोलोप र न्युहेम्सार जातका कुखुरा वितरण गरिएको राप्ती गाउँपालिका पशुसेवा शाखाका पशुसेवा प्राविधिक शेरबहादुर हमालले जानकारी दिएका छन् । प्रति किसान ५ वटाका दरले वितरण गरिएको कुखुरा वडा नम्बर १ देखी क्रमश ८ वडा सम्म १२०, ८०, ७०, ७०, ८०, ७०, ८०, ७० घर परिवारलाई वितरण गरिएको छ । मासु र अण्डाको लागि राम्रो मानिने अष्टोलोप र न्युहेम्सार जातका कुखुराको पालनले गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गको राम्रो आम्दानीको श्रोत बन्न सक्ने उद्देशका साथ कुखुरा वितरण गरिएको हो ।

१० हजार बढि घरधुरी रहेको राप्ती गाउँपालिकामा यस आर्थिक वर्षमा प्रत्यक्ष तथा अप्रतक्ष रुपमा सबै घरमा सेवा पुग्ने गरि कार्य गरिएको र प्रत्यक्ष लाभान्वित कृषकहरुको संख्या समेत उल्लेख्य रहेको पशुसेवा शाखाका पशु सेवा प्राविधिक हमालले जानकारी दिएका छन् । कुखुरा वितरण कार्यक्रममा वडा अध्यक्ष गोवर्धन रावत, प्रशासन प्रमुख विकास ज्ञवाली, सहजकर्ता टिका बस्नेत, पशु सेवा प्राविधिक शेरबहादुर हमाल, पशु स्वास्थ्य प्राविधिक कमल पुन तथा सुवास भट्टराई लगायतको समाजिक दुरी कायम गर्दै सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्