राजनिती

लकडाउनबारे मन्त्रिपरिषद्‌ले केही समयपछि निर्णय गर्छ : प्रधानमन्त्री

By Thah Online

June 10, 2020

काठमाण्डौँ, जेठ २८ प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडलबारे २ बजे बस्ने मन्त्रिपरिषद् बैठकले केही मोडल परिर्वतन गर्नसक्ने संकेत गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा कसरी परिर्वतन ल्याउन सकिन्छ सरकारले सहज बनाउनेतर्फ काम गर्ने गृहकार्य भइरहेको बताए।

केही पार्टीका मानिसले र सबै पक्षबाट लकडाउनका विषयमा ध्यानाकर्षण गराएको भन्दै उनले यसमा उचित निर्णय गर्ने बताए।