प्रदेश ५

राप्ती गाउँपालिकाको ७ वटा वडामा कुखुरा पालक समुहलाई उन्नत जातको चल्ला वितरण

By Thah Online

June 10, 2020

ओमप्रकाश गुप्ता , सिसहनियाँ २८ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिकाको ७ वटा वडामा उन्नत जातको चल्ला वितरण गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रको सहयोग र राप्ती गाउँपालिकाको पशुपंछी तथा मत्स्य बिकास शाखा ब्यवस्थापनमा गाउँपालिकाको स्थानीय कुखुरा पालन समूहहरुलाई अष्ट्रोलोप र न्यु हेम्पसायर जातका कुखुराको चल्ला वितरण गरिएको शाखा प्रमुख राजबिक्रम चौधरीले जानकारी दिएका छन् । 

जस अनुसार वडा नम्बर २, ३, ४, ५, ७, ८ र ९ का कृषक समुहमा अबद्ध भएको तथा गाउँपालिकामा दर्ता भई भेटेरेनरी अस्पताल एवम् पशु सेवा बिज्ञ केन्द्रको कार्यक्रममा छनौटमा परेका ३० वटा समुहमा १५ सय चल्ला प्रति सदस्य ५० गोटाका दरले निशुल्क रूपमा बितरण गरिएको हो  । चल्ला वितरण गर्दा कोरोना संक्रमणबाट जोगीन सामाजिक दुरी कायम गरिएको थियो ।