रुकुममा ट्र्याक्टर दुर्घटना एकजनाको मृत्यु एक जना घाइते



सैघाली खबर,

रुकुम २२ मंसिर । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नगरपालिका–२ त्रिवेणी मोडमा रा १ त २२७३ नंको ट्र्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका(१ का १८ वर्षीय ट्र्याक्टर चालक मातृका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी जानकारी दिएको छ ।

दुर्घटनामा परी सहचालक सोही ठाउँका १५ वर्षीय टीकाराम परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनु भयो ।

घाइते परियारको अहिले चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्