रोल्पामा बर्षमान पुन दोब्बर मतले अगाडि



सैघाली खबर,
रोल्पा,
२२(मंसिर । दाङको छिमेकी जिल्ला रोल्पामा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन झन्डै दोब्बर मत अन्तरले अगाडि देखिएका छन् । ८ हजार ८ सय ३५ मत मत गणना हुँदा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुनलाई ५ हजार ५१ मत प्राप्त भएको छ भने उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका अमरसिंह पुनलाई भने २ हजार ६ सय ४९ मत प्राप्त भएको छ ।

माओवादीको उद्गम स्थल मानिने रोल्पाबाट पूर्व अर्थमन्त्री समेत रहेका पुनले प्रतिपर्धी भन्दा अग्रता बढाउँदै लगेका छन् । रोल्पामा बिहीवार बेलुका साढे ५ बजेबाट रोल्पामा मत गणना सुरु भएको थियो । ।

रोल्पामा १ लाख २७ हजार बढी मतदाता रहेकोमा झन्डै ७० हजार मत खसेको थियो । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश १ मा माओवादी केन्द्रका कुलप्रसाद केसीले १ हजार ८ सय ९४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांगे्रसका शेरबहादुर महराले १ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्