टप फिचर

कालिकोटको लालिघाट टिप्पर दुर्घटनामा भएको मानवीय क्षेतीप्रति विप्लव नेकपाद्वारा दु:ख व्यक्त

By Thah Online

June 11, 2020

काठमाडौं । कालिकोटको लालिघाटबाट रास्कोट जादै गरेको टिप्पर दुर्घटनामा भएको मानवीय क्षेतीप्रति नेपाल कम्युनिस्ट पार्टी कालिकोटले गहिरो दुस्ख व्यक्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी कालिकोटका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी रणदिपले एक प्रेस विज्ञप्ति जारी गरि उक्त दुर्घटनामा परि मृत्युवरण गर्नुहुने मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृकतपरिवारप्रति हार्दिक समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

साथै उहाँहरूले बेपत्ताहरुको खोजिकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै पार्टी पङ्क्तिलाई पनि उद्धार कार्यमा लाग्न निर्देशन दिनुभएको छ । उद्धारको नाममा जबरजस्त धेरै यात्रु राख्नुले गम्भीर लापरबाही गरिएको बताउदै मृतक परिवारलाईउचित क्षेतीपुर्ति, राहत, घाइतेहरुको निशुल्क उपचारको माग गर्नुभएको छ ।

वेपत्ता व्यक्तिको खोजी गर्न सम्बन्धित निकायहरूलाई आह्वान गर्दछ। पार्टी पंक्तिका सम्पुर्णलाई उद्दारका लागि खटन निर्देशन गरिन्छ । राहतका नाममा कुहिएको चामल र उद्दारका नाम जबर्जस्त टिप्परमा सवार गरि उद्दार गर्नु गम्भीर लापरबाही र गैरजिम्मेवार भएको आजको मानवीय क्षेतिको सम्पुर्ण जिम्मेवार रास्कोट नगरपालिकाले लिनुपर्ने चेतावनी दिएका छ्न । स्

विज्ञप्तिको अन्त्यमा हामी मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई राहत र निस् शुल्क चिकित्सा उपचारको माग गर्दछौं।

विज्ञप्ति :