ट्रिपर दुर्घटनामा दुई म्यादी प्रहरीसहित ३ जनाको मृत्यु



सैघाली खबर,
काठमाडौं २२ मंसिर, । मकवानपुरको भीमफेदी(२ चुनियाँमा भएको ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना म्यादी प्रहरी पनि छन् ।

ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको उत्तरी क्षत्रेमा चुनाव गराएर हेटौंडा फर्किंदै गरेका म्यादी प्रहरीको मृत्यु भएको हो ।

घटनामा घाइतेका भएका अर्को एक जनालाई हेटौंडा अस्पताल ल्याइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्