विजय जुलुसमा सहभागी हुन नेता प्रभाकर बिमान चार्टर गरेर रुकुम पुगे



सैघाली खबर,
रुकुम २२ मंसिर । विजय जुलुसमा सहभागी हुन माओवादी केन्द्रका नेता प्रभाकरले रुकुम पुगेका छन् ।
आफूलाई भोट हालेर दोस्रो चरणको निर्वाचनको क्रममा प्रचार जुटेका प्रभाकर काठमाडौंबाट शुक्रबार विहान तारा एयरको विमान चार्टर गरेर रुकुम पुगेका हुन् ।

पश्चिम रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरको जित निश्चित भइसकेको र केही समयमा मत गणना सकिने बताइएको छ । प्रभाकरले नेपाली काँग्रेसका गोपाल जीजंग शाहलाई भारी मत पछी पारेका छन् । उनले १७ हजार सात सय ३७ मत प्राप्त गर्दा शाहले सात हजार दुई सय ५१ मत पाएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्