एमसिसी रुकुम पश्चिम् हत्याकाण्डको विरुद्ध विप्लवको बांके र दैलेखमा बिरोध प्रदर्शन



नेपालगंन्ज संवाददाता
नेपाल कम्युनिस्ट पार्टीको केन्दीय योजना अनुसार दैलेख जिल्लामा अखिल (क्रान्तिकारी)दैलेख र अखिल नेपाल महिला सँघ(क्रान्तिकारी)को आयोजनामा आज रुकुम पश्चिम नवराज बि.क र नवराजका साथीहरुलाई अन्तर जातिय बिबाहका कारण हत्या गरिएको घटना र अमेरिकामा अश्वयत नागरिक जर्ज फ्लोइडको अमेरिकी पुलिसदारा गरिएको निर्मम हत्या बिरुद् विरोध कार्यक्रम सम्पन भएको छ।

बिरोध कार्यक्रममा अखिल नेपाल महिला सँघ (क्रान्तिकारी)दैलेखको अध्यक्ष पवित्रा र अखिल (क्रान्तिकारी)दैलेखका सदस्य शरदले सम्बोधन गर्नु भएको छ।


समाजमा जातिय आधारमा गरिने छुवाछुत र भेदभावलाई सामाजिक अबराध घोषणा गर्नु पर्ने र अन्तरजातिय बिबाहको विषयले हत्या गरिएका नवराज बि.क र नवराजका साथीहरुका हत्यारालाई कडा भन्दा कार्बाही गरिनुपर्ने र कुरा बक्ताहरुले बताउनु भयो।अमेरिकामा जर्ज फ्लोईडको हत्या हुनुले अमेरिकी साम्राज्यवादको चरित्र कति आतंककारी रै छ भन्ने कुरा पुस्टि भएको र सँसारका न्यायप्रेमी जनसमुदायहरु आफ्नो मुक्ति र स्वतन्त्राका लागि साम्राज्यवाद विरुद सघर्ष गर्नु पर्ने आवश्यतामा बक्ताहरुले जोड दिनुभएको विद्यार्थी नेता शरदले जानकारी दिनुभएको

यता बाकेको कोलपुरमा पनि विप्लव नेकपाको जनबर्गिय संगठनहरुले बिरोध प्रदशन गरेका छ्न । बिरोध प्रदशनमा  युवा संगठन नेपालका भेरी-कर्णाली इन्चार्ज दीप, अखिल नेपाल महिला संघकि केन्द्रीय सदस्य अरुणा  क्षेत्री, युवा संगठन नेपाल बाँकेका अध्यक्ष दीपेश, दलित मुक्ति मोर्चाका जिल्ला नेता प्रमोद लगायतको उपस्थितिमा विरोध प्रदर्शन सम्पन्न भएको नेकपा बांकेले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्