प्रदेश ४

विप्लव नेकपा नवलपुरले गर्यो प्रदर्शन

By Thah Online

June 15, 2020

नवलपुर संवाददाता ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लगायतका जनवर्गीय संगठनले केन्द्रीय कार्यक्रम बमोजिम नवलपुर जिल्लामा समेत प्रदर्शन गरेका छन।

रुकुम पश्चिम सोती हत्याकाण्डका दोषीलाई कारबाही गरिनुपर्ने, नेपाल-अमेरिका लगायत बिश्वभर भएका जातीय आधारमा हुने विभेद अन्त्य हुनुपर्ने, मानवीय चेतनाको बिकासमा जोड दिनुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने, बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने, नक्शा मात्र होइन गुमेको भूमि समेत फिर्ता हुनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको थियो। प्रदर्शनमा दर्जनभन्दा बढी नेता, कार्यकर्ता तथा विद्यार्थीको सहभागीता रहेको थियो।

उक्त पार्टी निकट अखिल (क्रान्तिकारी) ले यहि गएको जेठ २९ गते समेत जिल्लामा प्रदर्शन गरेको थियो । प्रदर्शन उक्त संगठनले आफ्नो मातृ पार्टी तथा संगठन माथि लादीएको अघोषित प्रतिबन्धको खारेजी र विद्यार्थी माथि हुने धरकपड बन्द गर्न भन्दै जोड दिँदै आएको छ।