विप्लव नेकपा पश्चिम नवलपरासीले प्रधानमन्त्रीलाई बेसार पठायो



असार ७, नवलपरासी ।विप्लव नेकपा पश्चिम् नवलपरासीले प्रधानमन्त्री केपी वलीलाई बेसार पठाएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मार्फत् प्रधानमन्त्री वलीलाई बेसार पठाएको नेकपा नवलपरासीले बताएको छ ।
उक्त बेसार बुझाउनका लागी किसान महासंघका टोली रामग्राम नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष पारसनाथ चौधरीको कार्यकक्षमा पुगेको थियो ।

नेकपा नवलपरासीले एमसीसी विरुद्धको संघर्ष स्वरुप सांकेतिक रुपमा प्रधानमन्त्री वलीलाई उक्त सामग्री पठाएको बताएको छ । वली सरकारले कोरोना संक्रमित जनतालाई औषधी उपचार गर्नुको सट्टा औषधी खरिद प्रक्रियामा उल्टै भ्रष्टाचार गरेको र संसदमा प्रधानमन्त्री केपी वलीले कोरोनालाई जित्ने औषधी बेसार भएको भन्दै भाषण गरेपछि वलीको सर्वत्र विरोध भएको छ । उक्त कार्यको विरोध स्वरुप नेकपा पाल्पाले बेसार, तातोपानी लगायत सामग्री प्रधानमन्त्री वलीलाई बुझाएको बताएको छ ।

नेकपाले एमसीसी सम्झौता र औषधी खरिदमा गरिएको भ्रष्टाचारका प्रकरण लगायत बिषयमा संघर्ष गर्दै आएको छ । केही अघि दिन एमसीसी विरुद्ध साप्ताहिक रुपमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत पर्चा वितरण, पोस्टरिङ, कोणसभा, पुत्लादहन, मसाल जुलुस, सम्झौता पत्र जलाउने लगायत संघर्षको कार्यक्रम सम्पन्न गरिसकेको छ । सोही अनुसारको कार्यक्रम लुम्बिनी अञ्चलका रुपन्देही ,नवलपुर ,अर्घाखाँची ,पाल्पा ,गुल्मी,कपिलवस्तु जिल्लाबाट तातोपानी बेसार लगायतका सामाग्री पठाएको बताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्