अटो र जिप एक आपसमा ठोक्किदा अटोमा सवार २ जना यात्रु घाईते



सैघाली खबर।
दाङ २२ मंसिर।
तुलसीपुरमा शुक्रबार दिँउसो अटो र जिप एक आपसमा ठोक्किदा अटोमा सवार २ जना यात्रु घाईते भएको प्रहरीले बताएको छ ।

तुलसीपुरको गुम्राहाचोकमा रा १ ह २४६१ नं को अटो र लु १ ज १४२४ नं को जिप एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी तुलसीपुर १२ बस्ने बर्ष ६५ का तेजकान्त बिक र उनकी श्रिमती पार्वती बिक घाईते भएको र उनिहरुको थप उपचारको लागी नेपालगञ्ज रेफर गरीएको इलका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ ।
अटोचालक तुलसीपुर ३ बस्ने प्रेम बहादुर बिक र जिप चालक तुलसीपुर ३ बस्ने धन बहादुर सिजवाललाई गाडी सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिईसकेको बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्