बझाङमा वामगठबन्धन विजयी



सैघाली खबर
बझाङ ,२२ मंसिर


प्रतिनिधिसभाका लगि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बझाड जिल्लामा तिनै क्षेत्रमा वामगठबन्धनले विजयी भएको छ।
प्रतिनिधिसभामा नेकपा एमालेका भैरबबहादुर सिंहले ३४ हजार ६ सय १२ मतले विजयी भएका छन्।

प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका अर्जुन थापाले १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भएका हुन्। प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेकपा माओवादी केन्द्रकी देवकी मल्ल थापाले १६ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बास्तोलाले बताए।

प्रतिनिधि सभामा भैरबबहादुर सिंहका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याएका छन्। यसैगरी प्रदेशसभा १ मा नेपाली कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाएर पराजय भएकी हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका नरेशबहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएर पराजए भएका हुन्।

बझाड जिल्लामा प्रतिनिधिसभाका लागि सातवटा राजनीतिक दलका ७ जना उमेदावर प्रतिष्पर्धामा थिए। प्रदेशसभा १ मा ६ वटा र प्रदेश सभा २ मा ४ दलका उमेदवारहरुले भाग लिएका थिए।
प्रतिनिधिसभामा विबेकशील साझा पार्टीका मीनबहादुर सिंहले ३५५ संघीय समाजवादी फोरमका भीमबहादुर थापाले ५ सय ३ मत पाएका थिए। यसैगरी देशभक्त जनगणतान्त्रीक मोर्चाका धरणीधर नाथले ३ सय ९ मत, नयाँशक्ती पार्टीका जोगीबहादुर कुवरले ४ सय ४३ मत र राष्ट्रिय जनमोर्चा पार्टीका कल्पना भण्डारीले ५१ मत पाएकी थिइन् ।

प्रदेश सभा निर्वाचन १ मा संघीय समाजवादी फोरमका राम बहादुर जाग्रीले २७३ मत, नयाँशक्ती पार्टीका डम्बरबहादुर रावलले १४७ मत पाएका छन्। यसैगरी देशभक्त जनगणतान्त्रीक मोर्चाका असोकबहादुर ओलीले ३३२ मत र विबेकशील साझा पार्टीका महोन सिंहले ३६२ मत पाएका थिए। यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नयाँ शक्तिका कलक रोकायाले ३ सय ६७ मत विवेकशील साझा पार्टीका रविन्द्र बहादुर बमले ४ सय ५ मत पाएका थिए।

बिहीवार साँझ ५ बजेबाट मतगणना गरेको बझाडमा शुक्रबार दिउँसो नै मतगणना सकिएको हो। मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृत पूर्णप्रशाद बास्तोलाले विजयी भएका तीनै जना उमेदवारलाई प्रमाणपत्र प्रदान गरेका थिए।
बझाड जिल्लामा १ लाख ४ हजार २ सय ७५ मतदाता रहेपनि ६६ हजार ८ सय २७ मत खसेको थियो। यस मध्य ३ हजार ५ सय मत बदर भएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्