काठमाडौं -५ मा मतगणना स्थगित



सैघाली खबर
काठमाडौं ,२२ मंसिर


काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना स्थगित भएको छ । मत गन्ने क्रममा मुचुल्का उठाएको भन्दा कम र बढी भएपछि सबैको सहमतिमा मतगणना स्थगित भएको हो ।

२३२८ मत मतगणना हुदाँ मुचुल्का उठाएको भन्दा १२ मत कम देखिएपछि मतगणना स्थगित भएको । विष्णुपादुका क र नारायण शतल क खनाएर गन्ने क्रममा मुचुल्का उठाएको भन्दा १२ मत बढी देखिएका कारण विवाद देखिएको कांग्रेस प्रदेश सभाका उम्मेदवार अशोक न्यौपानेले बताए ।

विष्णुपादुका ख मा गणाना हुदाँ ९ भोट कम थियो । तर पट्टार गोजीमा हालेको या प्रदेशसभामा हालेको भन्दै कुनै वास्ता गरिएको थिएन ।
काठमाडौं क्षेत्र ५ मा १०९९ मत गणना हुँदा वामगठबन्धनका ईश्वर १४०० मत आएको छ । उनका प्रतिष्पर्धी कांग्रेसका नेता प्रकाशरण महतको २९८ मत आएको छ । सो क्षेत्रमा विवेकशील साझा पार्टीका उज्जव थापाको १८३ मत आएको छ । क्षेत्र नम्बर ५ मा ३५ मत बदर भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्