दाङमा दीपक गिरीलाई हिराचन्द्र केसीले पछारे



सैघाली खबर,
दाङ २२(मंसिर । पछिल्लो परिनाम अनुसार दाङका सबै निर्वाचन क्षेत्रमा बाम गठवन्धनका उम्मेदवारले अग्रता हासिल गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं दाङको क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक गिरीलाई बाम गठवन्धनका उम्मेदवार एवं एमाले नेता हिराचन्द्र केसीले उछिनेका छन् ।

सुरुवातमा पूर्व सिंचाई मन्त्री समेत रहेका काँग्रेस नेता गिरीले झिनो मतान्तरको अग्रता थियो । दाङमा गिरीको मात्रै काँग्रेसवाट अग्रता थियो । पछिल्लो परिनाम अनुसार एमालेका दाङ जिल्ला सचिव समेत रहेका केसीलाई १ हजार ६ सय ६२ मत प्राप्त हुँदा काँग्रेस नेता गिरीलाई १ हजार ५ सय २ मत प्राप्त भएको छ । काँग्रेसका गिरी केसी भन्दा १ सय ६० मत अन्तरले पछाडि परेका छन् ।

त्यस्तै प्रदेशसभा २ मा नेकपा एमालेका उत्तरकुमार वलीलाई १ हजार ७ सय ८ मत प्राप्त हुँदा नेपाली काँग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीलाई १ हजार ३ सय २ मत प्राप्त भएको छ । वलीले हालसम्म भण्डारीलाई ४ सय ६ मतले पछि पारेका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्