सल्यानमा मतगणना अझै सुरु भएन , दुर्गम मतदान केन्द«का मत पेटिका सुर्खेत बाट ल्याउदै




शंकर के सी,
सल्यान, २२ मंसिर । सल्यानमा अझै मतगणना सुरु हुन सकेको छैन । जिल्ला विकट गाउँमा मतपेटीका सदमुकाम ल्याउन ढिला भएका कारण मत गणना सुरु हुन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सडका अभावमा सल्यानका बिभिन्न मतदान केन्द्रका मतपेटीकाहरु बर्दिया र सुर्खेत जिल्लामा ल्याउँने तयारी भैरहेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।कच्चि सडक र केही मतदान केन्द्रमा यातायातका साधन समेत नपुग्दा मत पेटिका ल्याउन समस्या भएको हो ।

जिल्लाको दुर्गम मानिने कालिमाटी गाउँपालिका अन्तरगत काप्रेचारका विभिन्न ४ स्थानका मतपेटिका सदरमुकाम ल्याउन ढिला भएको छ । बाँके बर्दिया र सुर्खेतसंग सिमाना जोडिएका ठाउका मतपत्र सल्लीबजार हुदै ल्याइदैछ ।  ती क्षेत्रका चारवटा मतपेटिका आएलगत्तै मतगणना शुरु हुने जिल्ला निर्वाचन कार्यालयले बताएको छ । १ सय ७६ मतदान केन्द्रक मतपेटिका संकलन भइसकेका छन् ।

मतगणनाका लागी जिल्ला इन्जिनियरको भवनलाइ प्रयोग गरिने जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो । मत गणना स्थललाई तारजालीले बेरेर सुरक्षित बनाईएको छ ।  सल्यानमा हिजो भएको चुनावमा ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार कपुरकोट गाउपालिकामा ६४.२३ प्रतिशत, दार्मा गाउपालिकामा ६२.८८ प्रतिशत र कुमाख मालिका गाउपालिकामा ५८.७० प्रतिशत मत खसेको छ ।

यस्तै कालीमाटी गाउपालिकामा ५६ प्रतिशत, छत्रेश्वरी गाउपालिकमा ५७ प्रतिशत र त्रिवेणी गाउपालिकामा ६०.८७ प्रतिशत र ढोरचौर गाउपालिकामा ६२.६४ प्रतिशत मत खसेको छ । यस्तै वागचौर नगरपालिकामा ५८.७० प्रतिशत, शारदा नगरपालिकामा ६१ प्रतिशत र वनगाड कुुपिण्डे नगरपालिकामा ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मदन वहादुर धामीले जानकारी दिनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्