चलचित्र क्षेत्रमा बजेट नछुट्याएको भन्दै सरकारलाई चलचित्र संघको एक हप्ते अल्टिमेटम



काठमान्डौ । सिनेमा हलहरूको छाता संगठन चलचित्र संघले आफ्नो माग पूरा गर्न सरकारलाई एकहप्ते अल्टिमेटम दिएको छ । संघको पदाधिकारी बैठकले सरकारसमक्ष मंगलबार पुनः लिखित मागहरू प्रस्तुत गरेको हो । चलचित्र विकास बोर्डको माध्यमबाट बुझाइएको माग पूरा गर्न सरकारलाई एकहप्ते अल्टिमेटम समेत दिइएको छ ।

माग पूरा नभए असार ९ गते बस्ने कार्य समिती, पूर्वाञ्चल तथा पश्चिमाञ्चललगायतका सम्पूर्ण सदस्यहरूको राय सुझावबाट संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि संघले दिएको छ ।

संघका महासचिव अशोक शर्माले जारी गरेको विज्ञप्तिमा सरकारले आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रको विषयमा सम्बोधन नगरेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।

लकडाउनका कारण सर्वाधिक धेरै प्रभावित भएको क्षेत्रमा चलचित्र क्षेत्र पनि रहेको तर सरकारले यो क्षेत्रको विषयमा नसोचेको भन्दै हल सञ्चालकहरू आक्रोशित भएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्