विराटनगरमा एकैदिन ३९ जना कोरोना सङ्क्रमित डिस्चार्ज



 काठमाण्डौँ, असार ४

विराटनगरको मोरङमा बिहीबार एकैदिन ३९ जना डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेशन केन्द्रमा उपचार गराइरहेका १ सय १६ जनामध्ये ३९ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा झापा, मोरङ, सुनसरी र भोजपुरका १५ देखि ४७ बर्ष उमेर समूहका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैबीच, प्रदेश १ मा सङ्क्रमितको संख्या ४ सय १६ पुगेको छ ।

प्रदेश १ का जिल्लाहरुमा सबैभन्दा बढी झापा जिल्लामा मात्र १ सय ७९ जना सङ्क्रमित छन् भने मोरङमा सङ्क्रमितको संख्या १ सय ९२ पुगेको छ । सुनसरीमा ६४ पुगेको छ भने उदयपुरमा ४७ , धनकुटामा ८ , भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १ , संखुवासभामा २, इलाममा २ जना र तेह्रथुममा २ जना सङ्क्रमित रहेको प्रदेश सरकारले जनाएको छ ।

यसैगरी प्रदेश १ मा सङ्क्रमित थपिएसँगै निको भएर जानेको संख्या पनि बढेको छ । अहिलेसम्म डिस्चार्ज भएर फर्कनेको संख्या २ सय १६ छ ।

सङ्क्रमितको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २९ जना र आइसोलेसन सेण्टरमा ७७ जनाको उपचार भइरहेको छ । उपचार गराईरहेका सङ्क्रमितमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

नयाँ सङ्क्रमितलाई आइसोलेशन अस्पतालमा ल्याउने तयारी भइरहेको सामाजिक विकास मन्त्रालय​ले जनाएको छ । यो अस्पतालमा नयाँ सङ्क्रमित ९ जना उपचारको लागि ल्याउँदै गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्