दाङमा वामको अग्रता कायमै



गिरिराज नेपाली
दाङ, २२ मंसिर । विहिवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको शुक्रवार देखी सुरु भएको मतगणनामा वाम गठवन्धनले सुरुवाती देखी अग्रता कायम गरेको छ । गठवन्धनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा अहिले सम्मकै आग्रतालाई पन्छाएको छैन ।

दाङ क्षेत्र न.ं १ का गठवन्धनका मेटमणि चौधरीले १ हजार ६ सय ११ मत प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका सुशिला चौधरी १ हजार २ सय १८ मत प्राप्त गर्नुभएको छ । चौधरीले नेतृ चौधरीले ३ सय ९३ मतको अन्तर छ । भने प्रदेश सभा १ का गठवन्धनका उम्मेदवार ईन्द्रजित चौधरीले ९ सय ३३ मत प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रदिप थापाले ६ सय ३४ मत प्राप्त गर्नुभएको छ । भने क्षेत्र नं. १ को प्रदेश सभा २ रेवतीरमण शर्माले १ हजार २ सय १० प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिस्पर्धी काँग्रेसका जानकीलाल बस्नेतले ८ सय २३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै दाङ क्षेत्र नं. २ मा पनि वाम गठवन्धनले अग्रता कायम राख्दै आईरहेको छ । वाम गठवन्धनका कृष्ण वहादुर महराले ४ हजार ६ सय ५१ मत प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका राजु खनालले ३ हजार २ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

महराले खनाललाई १ हजार ४ सय १८ मतले पछि पार्नुभएको छ । भने त्यस्तै प्रदेश सभा सदस्य तर्फ पनि गठवन्धनले अग्रता कायम गरेको छ । प्रदेश सभा सदस्य १ का उम्मेदवार शंकर पोख्रेलले ५ हजार ४ सय ६९ प्राप्त गर्नुभएकाृे छ । भने उहाँका प्रति नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले २ हजार ९ सय २९ मत प्राप्त गर्नुभएको छ । अमर वहादुर डाँगीले ५ हजार १सय ९६ र उहाँका प्रतिपस्र्धी नेपाली काँग्रेसका भरत वहादुर न्यौपाने २ हजार ९ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै क्षेत्र नं. ३ मा वाम गठवन्धन पनि अग्रता कायम राखेको छ । वाम गठन्धनका हिराचन्द्र केसीले ३ हजार ५ सय १७ मत प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका दिपक गिरीले २ हजार ९ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

भने प्रदेश सभा सदस्यका उम्मेदवार जगप्रसाद शर्माले २ हजार २ सय ६२ र नेपाली काँग्रेसका डिल्ली वहादुर चौधरीले २ हजार २ सय ५८ मत प्राप्त गर्नुभएको छ । भने क्षेत्र नं. ३ ‘ २’ मा वाम गठन्धनमा उत्तर कुमार वंलीले ३ हजार ७ सय ७३ मतप्राप्त गर्नुभएको छ । भने नेपाली काँग्रेसका बुद्धिराम भण्डारी २ हजार ८ सय २९ मत प्राप्त गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्