अन्तर्राष्ट्रिय

भारत सर्वसम्मतबाट सुरक्षा परिषदको सदस्य बन्यो

By Thah Online

June 19, 2020

भारतका गृहमन्त्री अमित अनिलचन्द्र शाहले भारतलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा सर्वसम्मतबाट निर्वाचित गराएकोमा संघका अन्य सदस्य राष्ट्रहरु प्रति शुक्रवार कृतज्ञता प्रकट गरेकाछन् । उनले प्रधानमन्त्री नरेन्द« मोदीको शक्तिशाली नेतृत्वमा ‘ वसुधैव कुटुम्व ’ को मूल मन्त्रलाई अनुसरण गर्दै विश्वको शान्ति तथा समृद्धिका लागि भारत समर्पित रहने बताएका छन् ।

भारतिय रक्षा रानाथ सिंहले पनि भारतको तर्फबाट संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुलाई धन्यवाद दिँदै भारत विश्वमा सुरक्षा , शान्ति र स्थिरताको मजबुतीका लागि भारत लागि पर्ने बताएका छन् ।

त्यसैगरी भारतिय वरिष्ठ कुटनीतिज्ञ अनुराग श्रीवास्तवले शुक्रवार भारत संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको गैर –स्थायी सदस्यमा निर्वाचित भएको जानकारी गरएका छन् । नले भनेका छन् , ‘ हामी संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले शान्ति , सुरक्षा रअन्तर्राष्ट्रिय सहयोग प्रवर्धनका लागि हामीलाई आत्मविश्वास दिलाएकोमा धन्यवाद दिन चाहन्छुं । भारत आपसी सहयोगको सिद्धान्त , नियम कानुन र निष्पक्ष तथा तार्किक अन्तर्राष्ट्रिय प्रणाली प्रति प्रतिवद्ध रहनेछ ।