प्रदेश ५

लमही नगरपालिकाको साताै नगर सभा सम्पन्न, बेरोजगार भएकालाई रोजगारीको अवसर दिने

By Thah Online

June 19, 2020

ओमप्रकाश गुप्ता , सिसहनियाँ ५ असार । दाङको लमही नगरपालिकाको साताै नगरसभा शुक्रबार लमहीमा सम्पन्न भएको छ । सभाले आउदो आर्थिक बर्ष २०७७/०७८ मा कोरोना भाइरस संक्रमणका कारण रोजगारी गुमाएका तथा बेरोजगार व्यक्तिलाई रोजगारीका अवसर बढाउने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउदै नागरिकको जीवनस्तर सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नीति तथा कार्यक्रममा प्राथमिकता साथ राखिएको हो ।नगर प्रमुख कुलबहादुर केसीले सातौं नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण विदेश तथा स्वदेशमा जागिर गुमाएका तथा बेरोजगार युवालई व्यवसायीक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । कृषि र पशुलान क्षेत्रबाट रोजगारीका अवसर सृजना गर्न सकिने भन्दै आउदो बर्षको धेरै कार्यक्रम कृषि र पशु पालन तर्फ केन्द्रित गरिएको छ । कम समयमा तयार हुने र बढी आम्दानी दिने खालका खेती मार्फत विपन्न वर्ग र महिलाहरुको आय स्तर बृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने छ’नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख केसीले भने–‘एक वडा, एक पशुपालन स्रोत केन्द्र स्थापना गर्ने नीति लिइनेछ । यसैगरी कोरोना रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने योजनालाई प्राथमिकता राखेको छ । बार्षिक नीति तथा कार्यक्रममा कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने, क्वारेन्टिन व्यवस्थित बनाउने र आधारभुत आवश्यकताका वस्तुको सहज आपुर्ती व्यवस्था मिलाउने बिषयलाई प्राथमिकतामा राखिएको हो । नगर सभाको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसीले गरेका थिए ।नगर स्वास्थ्य चौकीमा एमविविएस डाक्टरबार्षिक नीति तथा कार्यक्रममा आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्न नगर भित्र सञ्चालन भएका स्वास्थ्य चौकीमा क्रमशः कम्तिमा एक जना एमविविएस डाक्टरबाट स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख छ । लमही अस्पताललाई थप सेवामुखी, स्रोतसाधन युक्त, दक्ष चिकित्सक र स्वस्थ्य सामाग्रीको व्यवस्था गरी माइनर अप्रेसन सेवा सुरुवात गरिने, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला सेवा, सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवा, बहिरंग र अन्तरंग सेवालाई थप गुणस्तरय बनाइने उल्लेख गरिएको छ ।

लमहीमा सर्पदंश उपचार केन्द्र सेवा सञ्चालनको लागी संघिय सरकार तथा प्रदेश सरकारको सहकार्यमा प्रयाप्त औषधी, उपकरण तथा जनशक्तीको व्यवस्था गरिने, प्रदेश सरकारको सहयोगमा लमहीमा निर्माण हुन लागेको ट्रमा सेन्टरको भवन निर्माणको लागी आवश्यक सहजीकरण र समन्वय गरिने नीति लिइएको छ । आमा संग उपमेयर कार्यक्रम अन्तरगत सुत्केरी अवस्थामा पोषणयुक्त खानाको महत्व दर्शाइ, पोषणयुक्र खानाखाने वानीको विकास गर्न सुत्केरी आमालाई पोषण खाद्य सामाग्री हस्तान्तरण गरिने नीति लिइएको छ ।बहुप्राविधिक शिक्षालय स्थापनाको नीतिलमही नगरपालिकाले नीजि क्षेत्र, सामाजिक क्षेत्रको संयुक्त सहभागीतामा बहुप्राविधिक शिक्षालय स्थापना र सञ्चालनको आवश्यक व्यवस्था मिलाउने नीति लिएको छ । यो संगै देउखुरी बहुमुखी क्याम्पसको गुणस्तर सुधार तथा स्तरोन्नतीका लागी आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समेटिएको छ । कोभिड–१९ को कारण पठनपाठनमा सिर्जनना भएको अवरोधलाई मध्यनजर गर्दै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गरिने उल्लेख छ ।एक वडा एक उद्यान, एक वडा एक जलाशयनगरपालिकाले एक वडा एक उद्यान, एक वडा एक जलाशयको अवधारणलाई अघी सारेको छ । यो अवधारणा अनुसार कार्यक्रम सञ्चालन गर्न सामुदायीक वन, टोल विकास संस्था तथा विद्यालयहरु संग सहकार्य गर्दै उद्यान, नहर, पोखरी तथा पानीका मूल संरक्षण गर्न कार्यक्रम गरिने उल्लेख छ । २५ लाख भन्दा बढी लागत लाग्ने योजना ठेक्का मार्फत टुक्रे योजना छनौंट हुने प्रवृत्ति रोक्न ठूला योजनामा बजेट विनियोजन गर्ने नीति लिइएको छ । जस अन्तरगत २५ लाख भन्दा बढी लागतका पूर्वाधार योजनाहरु ठेक्का मार्फत कार्यान्वयन गरिने उल्लेख छ । नगरपालिकाबाट यस आर्थिक बर्षमा सुरु भई सम्पन्न हुन नसकेका अधुरा योजनाहरु सम्पन्न गर्न प्राथमिकता दिइने, बहुबर्षिय योजनामा आवश्यकता अनुरुप बजेटको व्यवस्था गरिने कार्यान्वयन गरिने उल्लेख छ ।आश्रय केन्द्र सञ्चालन गरिनेलमहीको पहिचान जेष्ठ नागरिकको सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको छ । जेष्ठ नागरिकको जीवनमा सहजता ल्याउन जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्ने, जेष्ठ नागरिक सञ्जालका कार्यक्रमलाई निरन्तरता दिने, सामाजिक संघ संस्थाहरुको सहकार्यमा बसोवासको उचित प्रवन्ध नभएका तथा घरबाट निकालिएका अपहेलित, असहाय जेष्ठ नागरिक, महिला तथा बालबालिकाका लागी आश्रय केन्द्र सञ्चालन गर्ने नीति लिइएको छ ।।