आइतबार खण्डग्रास सूर्य ग्रहण लाग्दै : कुन राशिलाई कस्तो फल ?



काठमाण्डौ । असार ७ गते औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण जहिले पनि दिनमा मात्र लाग्छ, रातको समयमा लाग्दैन । सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको समय फरक हुने भए पनि नेपालमा असार ७ गते बिहान १०ः५० देखि सुरु हुने देखिन्छ । ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे हुनेछ । र ग्रहण मोक्ष अर्थात् ग्रहण दिउँसो २ः२३ हुनेछ ।

यसरी नेपालमा आइतबार लाग्ने खण्डग्रास सूर्य ग्रहण ३ घण्टा ३३ मिनेटको हुनेछ । ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रुपमा मान्ने शास्त्रहरुको प्रमाण छ । सूर्य ग्रहणमा ४ प्रहर ९ १२ घण्टा ० र चन्द्र्रग्रहणको समयमा ३ प्रहर ९ ९ घण्टा ० अगाडि नै सूतक लाग्ने गर्दछ । यसकारण ७ गते लाग्ने खण्डग्रास सूर्य ग्रहणको सूतक समय ६ गते राति १०ः५० बजेदेखि नै शुरु हुने भएकाले ६ गते राति १०ः५० देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ ।

नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरु कुनै पनि ग्रहण देखिने छैनन् । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभइ विश्वका अन्य देशहरुबाट पनि देख्न सकिन्छ । यस ग्रहणलाइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भूटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका, अष्ट्रेलिया, अमेरिकाका केही भूभाग, अन्टार्टिका साउदी अरब, कङ्गो, इथोपिया लगायत युरोप, एशिया महाद्विपका विभिन्न देशहरुबाट समेत देख्न सकिन्छ ।

ग्रहण २ प्रकारको हुन्छ । १० खण्डग्रास २० खग्रास

सूर्य वा चन्द्रमाको पुरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ । र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पुरै भाग छायाँमा पर्नुलाई ग्रस्तोदित या खग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ ।

आइतबार हाम्रो देशमा लाग्ने ग्रहण पनि खण्डग्रास सूर्य ग्रहण हो । चन्द्रग्रहण पूर्णिमा तिथिमा र सूर्य ग्रहण औँसी तिथिमा लाग्दछ ।

ग्रहण सधैं चन्द्रमामा र सूर्यमा मात्र लाग्छ । ग्रहण लागेको समयमा चन्द्र र सूर्य कमजोर हुन्छन् । ज्योतिष शास्त्रमा सूर्य आत्मा र चन्द्रमा मनसँग सम्वन्ध राख्ने कुरा बर्णन गरेको पाइन्छ । तसर्थ यो समयमा आत्मविश्वास प्रदान गर्ने ग्रहहरु कमजोर हुँदा काममा बाधा पुग्छ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।

ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ ।

आइतबारको सूर्य ग्रहण स् कुन राशिलाई कस्तो?
मेष स् श्रीप्राप्ती

​वृष :क्षति

मिथुन -घात

कर्कट-व्यय

सिंह – लाभ

कन्या – सुखम्

तुला- माननाश

वृश्चिक – कष्ट

धनु – स्त्रीपीडा

मकर – सौख्यम्

कुम्भ – चिन्ता

मीन व्यथा

यसरी आइतबारको ग्रहणको फल मेष, सिंह, कन्या, र मकर राशिलाई शुभ र अन्य राशिलाई अशुभ देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्