प्रदेश ५

लगातार पानी पर्दा देउखुरी जलमग्न , वर्षातले देउखुरीमा एक घर र विद्यालयको पर्खाल भत्कियो

By Thah Online

June 20, 2020

ओमप्रकाश गुप्ता , सिसहनियाँ ६ असार । अविरल बर्षाका कारण दाङ देउखुरीको अधिकांश ठाउँ जलमग्न भएको छ । पानीको निकास नहुँदा अधिकांश ठाउँ जलमग्न भएको हो । गढवा गाउँपालिका वडा नं. ५ को बोधिपुर र त्यस आसपासको गाउँ जलमग्न भएको स्थानीय हिमा अधिकारीले जानकारी दिएकी छिन् । राप्ती नदी र खहरे खोलामा पानीको सतह बढ्यो भने खतरा थपिन्छ ।’ भर्खरै रोपेको धान खेतमा थुनिएको पानी पस्दा धान बगाएको छ ।

एक दिन अघि धान रोपेका किसान शनिबार परेको पानीले समस्यामा परेका छन् । यो पानीले कसैलाई खुशी बनाएको छ भने, कसैलाई दुःखी बनाएको छ । पानी धेरै परेपछि गढवा र राप्ती गाउँपालिकाको लालमिटया क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा चेतावनी घण्टी बजेको छ । चेतावनी साइरन बजाएर नदी तटिय र जोखिममा रहेका समुदायमा सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले बताए ।

यस्तै कालाकाटे सिक्टा सडक खण्ड निर्माणको क्रममा नाली पुरिएपछि गढवा गाउँपालिका वडा नं. २ कोठरी गाउँ डुवानमा परेको छ । सडक निर्माणको क्रममा यस अघि बनाइएको पानी निकास पुरिएपछि कोठरी गाउँ डुवानमा परेको स्थानीय घनश्याम चौधरीले जानकारी दिए । झण्डै ५० घरमा पानी पसेको उनले बताए । घरमा पानी पस्न थालेपछि गाउँलेहरुले निर्माणाधीन सडक खनेर पानीको निकास खोलेका छन् । दाङमा मध्यराप्ती जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा छन् । ती समुदायलाई बाढीबाट सुरक्षीत राख्न यस अघि पूर्व सूचना प्रणालीको अभ्यास गराइएको छ । अहिले सम्म मध्य राप्ती र बबई क्षेत्रको जलसतह सामान्य अवस्थामा रहेको छ ।

यता राप्ती गाउँपालिकाको वडा नम्बर ५ को लठ्ठहवा,पहरूवा,कालापानी लगायत किसानको खेतमा भर्खर लगाएको धानबाली तथा व्याड डुवाएको छ । भने ती गाउँहरू जलमग्न भएका थिए । पानी पर्न छोडेपछि पानीको सतह घट्दै गएको बताइएको छ  ।

यस्तै शुक्रबार देखिको लगातार वर्षातका कारण देउखुरीको राप्ती नदीमा बाढी आएको छ । राप्तीमा आएको बाढीले देउखुरीका किसानले लगाएको मकै, धान, बदाम, तरकारीमा क्षतिपुगेको छ । लगातारको वर्षातले लमही नगरपालिका वडा नम्बर ८ सतबरियाका छेदु चौधरीको कच्ची घर भत्किएको छ । आर्थिक अवस्थाले पनि कम्जोर भएका चौधरीको पांच जनाको परिवार छ । अर्कैको ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका चौधरीको लगातारको वर्षाले झनै पिडा थपिदिएको छ ।सिट्ठाले बारेको कच्ची घर, तिन को छानो भएको घरको एकातिरको भित्ता भत्किएको छ । चारैतिर पानीले घेराबन्दी गरेपछि उक्त घर भत्किएको स्थानीयले बताए । घर भत्किदा छेदु चौधरी अर्काको खेतमा कम गर्न गएको उनका श्रीमतीले बताईन । घर भत्किदा लत्ताकपडा, अन्नपात सबै भिजेका छन् ।त्यस्तै लगातारको वर्षातका कारण लमही नगरपालिका अन्तर्गतका फचकपुर, गिधिनिया, बनाघुस्री र हसनापुरको खेति गर्ने क्षेत्र, त्यस्तै वडा नम्बर १, २, ३, ४, ५, ६ र वडा नम्बर ७ का केहि क्षेत्रमा पनि डुबान भएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । उता राप्ती पारि राजपुर गाउँपालिकाका बिभिन्न बस्तीमा राप्तीमा आएको बाढी र खहरे खोलाले क्षति पुराएको स्थानियहरुले बताएका छन् । लमही नगरपालिका वडा नम्बर ८ मा किसानले लगाएको धानको ब्याड , रोप्नलाई तयार पारेर राखेको ब्याड समेत राप्तीले बगाई दिएको छ ।लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीका अनुशार बाढीले नगरका कुन कुन क्षेत्रमा क्षति पुर्याएको छ अथवा कुन कुन बस्ति डुबान गरेको छ सबैको बस्तुस्थिति बुझेर सक्दो सहयोगका लागि प्रक्रिया अघि बढाउने बताए ।लमही नगरपालिकाका सबै जसो वडाका बस्तीमा बाढी पस्ने गर्दछ कतै बढी क्षति गर्छ भने कतै थोरै । राप्तीको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरु रातभर जाग्राम बसेको बताए । कति बेला राप्तीमा बाढी आउछ भन्ने चिन्ताले निद्रा नलागेको उनीहरुको भनाई छ । राप्ती नदीले प्रत्यक्ष असर नगर्ने बस्तीलाई चुरे बाट झरेका खहरे खोलाले सताउने गरेको छ ।राप्तीको किनारमा बस्नेहरुलाई यस्तो समस्या वर्षेनी आउने गर्दछ । आर्थिक अवस्था बलियो हुनेहरुले सुरक्षित स्थान रोजेर बसाई सरि सकेका छन् भने जो ज्याला मजदुरी गरेर ज्यान र परिवार पाल्नेहरू अझै पनि जोखिम मोलेर सोहि स्थानमा बस्न बाध्य छन् ।त्यस क्षेत्रमा सैयौ बिगाह जमिनमा लगाएको मकै खेतीमा पनि क्षति पुर्याएको छ । लामो समय सम्म पानी नपर्दा खेती गर्ने किसान चिन्तित भएका थिए । यो वर्षातले कतै खुशी दिएको छ भने कतै किसानलाई पिडा थपिदिएको छ । गर्मीयाम भरि दुख गरेर फलाएको तरकारी र मकै बालि एकै दिन परेको पानीले आएको बाढी संगै हराउदा दुख लागेको किसान जोखन चौधरीले गुनासो गरेका छन् ।

बाढीले विद्यालयको पर्खाल भत्कियोनियमितको वर्षातका कारण भालु दोन्द्रे खोलाले गढवा गाउँपालिका वडा नंं ५ स्थित माध्यामिक बिद्यालय चैनपुरको पर्खाल भत्काएको छ । आज बिहान करिब ५ बजे तिर खोलाले पश्चिम तर्फको पर्खाल भत्काएको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा विपत ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए । त्यस्तै गढवादेखि राजपुर जोड्ने मानपुर खोलामा आएको बाढीले खोलामा लगाएको तटबन्ध बगाईदिदा आवतजावत अबरुद्ध भएको छ ।

बितेको आर्थिक वर्षमा वडा नम्बर ५ को कार्यालय बाट ६ लाखको बजेट बाट बिद्यालयको पर्खाल निर्माण भएको थियो । त्यस्तै सोही बिद्यालयको उतर तर्फको पर्खालमा समेत खोलाले क्षति पुर्याएको छ । अविरल परेको पानीका कारण खोलामा बाढी आएको थियो । खोलामा आएको बाढी बिद्यालय भित्र समेत पसेको थियो । खोलाको बेग अत्याधिक भएकै कारण बिद्यालयको पर्खाल भत्किएको वडाध्यक्ष भण्डारीले बताए ।

माध्यामिक बिद्यालय चैनपुर क्वारेन्टाइन पनि हो । त्यहाँ अहिले चार जना महिला र उन्निस जना गरि तेईस जना रहेका छन । एक्कासि खोला बिद्यालय परिसरमा पस्दा आफुहरु अताल्लिएको क्वारेन्टाइनमा बसेकाहरुले बताए । लगातार परेको पानीका कारण चुरे पहाड बाट झरेका खहरे खोला र राप्ती नदीले देउखुरीबासीलाई त्रसित बनाएको छ । गढवा गाउँपालिका क्षेत्रमा कहाँ कति क्षति भएको छ भनेर वडाध्यक्ष प्रकाश भण्डारी, नेपाल रेडक्रस सोसाइटी गढवा उपशाखा सदस्य मोहन पाण्डे, तथा इन्कोर कार्यक्रमका सामाजिक परिचालन अधिकृत देबि प्याकुरेललगायतले अनुगमन गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन