मन्त्री लाई हराउदै बागलुङ १ बाट एमालेका पाठक विजयी



सैघाली खबर
बागलुङ ,२३ मंसिर


बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ वामगठवन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका युवा नेता डा। सुर्य पाठकले सानदार बिजयी हासिल गरेका छन् ।

पाठकले बहालवाला राज्यमन्त्रीलाई १३ हजार ४१ मतको फराकिलो अन्तरले हराउदै प्रभावशाली जित हासिल गर्न सफल भएका हुन् । उनले ३३ हजार ६ सय ५७ मत लिएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काग्रेसका चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छिन् ।

विजयी पाठक २०७० को निर्वाचनमा साविक क्षेत्र नम्वर दुईमा पराजित भएका थिए भने खड्का २०७१ मा आफ्ना पति हरिबहादुर खड्काको सवारी दुर्घटनामा परि निधन भए पछि बागलुङ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनबाट सभासद भएकी थिइन् । खड्का हाल सहकारी तथा गरिवी निवारण राज्यमन्त्री रहेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्