काठामाडौं १ मा रवीन्द्र मिश्रलाई हराउदै प्रकाशमान विजयी



 सैघाली खबर

काठामाडौं,२३ मंसिर

काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८ सय १८ मतले हराउदै कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन् । नेता सिंह १० हजार ९ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मिश्रले १० हजार १ सय १८ मत पाए।

तेस्रो नम्बरमा रहेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने पाँच हजार ३ सय ३६ मत मात्र पाएका छन् । विजय लगत्तै प्रकाशमानले सबै मतदातालाई धन्यवाद दिएका छन् । उता रवीन्द्र मिश्रले समेत विज्ञप्ति सार्वजनिक गर्दै हार स्वीकार गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्