प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि



सैघाली खबर
काठामाडौं,२३ मंसिर


प्रदेश नम्बर ७ अन्तर्गत पर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रतिनिभा तर्फ शेरबहादुर देउवा दोब्बर मतले अगाडि छन् । उनका निकटतम प्रत्स्पिर्धी वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खगराज भट्टभन्दा देउवा दोब्बर मतले अगाडि रहेका हुन । पछिल्लो मतपरिणमअनुसार देउवाले ६ हजार ८६ मत पाउँदा भट्टले ३ हजार ९५ मत मात्रै प्राप्त गरेका छन् ।

डडेल्धुरा प्रदेशसभा क तर्फ भने वाम गठबन्धनका उम्मेद्वार अग्रस्थानमा रहेका छन् । गठबन्धनतर्फका एमालेका पठानसिंह बोहराले ४ हजार ७ सय ३८ मत पाउँदा नेपाली काँग्रेसका रघुवर भट्टले ३ हजार ४ सय २ मत प्राप्त गरेका छन् ।
यसैगरी जिल्लाको प्रदेशसभा ख अन्तर्गत भने नेपाली काँग्रेसका कर्णबहादुर मल्ल अगाडि छन् । मल्लले ३ हजार ६ सय १६ मत पाउँदा वामगठबन्धनका तर्फबाट एमालेका डा। तारा जोशीले २ हजार ६ सय ८० मत ल्याएर पछिपछि रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्