प्रदेश ४

तमानखोला गा.पा.४ लाम्मेला”सन्तर बाल शिक्षा भवनमा” पहिरो

By Thah Online

June 21, 2020

जसिन्द्र श्रीपाली बागलुङको तमानखोला गा.पा.४ लाम्मेला सन्तरमा गत राती पहिरो झरि सन्तर बाल शिक्षाको पछिल्लो भाग पुर्ण रूपमा ध्वस्त भएको छ।

बाल शिक्षा भवनको माथील्लो भाग भड्किएर मानवीय क्षति नभएपनी करिव ७ लाख बराबरको क्षति पुगेको स्थानीय बासिन्दाले बताए ।भवनको पछाडिको भाग भड्किएर माथील्लो तलाको छानो , करिव पन्ध्र वटा भन्दा बढी बेन्च सन्तर कल्बको मेच लगायतका भौतिक सामाग्रीमा क्षति पुगेको जानकारी दिएका हुन ।

साथै आसपासका भुभाग समेत चर्किएर थप पहिरो जान सक्ने सम्भावना उच्च रहेको स्थानीय जानकारी दिएका छन ।