ला लिगा: रियाल मड्रिड शिर्ष स्थानमा



काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल सोसीडाडलाई पराजित गर्दै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले सोसीडाडलाई २–१ ले हराएको हो । जिनेदिन जिदानको टोली रियाल मड्रिडलाई विजयी गराउन सर्जियो रामोस र करिम बेन्जमाले एक एक गोल गरे ।

सोसिडाडका लागि मेरिनोले एक गोल फर्काए । गएरातीको खेलमा गोल गरेसँगै फ्रेन्च स्ट्राइकर बेन्जमा स्पेनिस ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन् ।

उनले अहिलेसम्म क्लबका लिगमा १ सय ६५ गोल गरेका छन् । जितसँगै रियाल मड्रिड ला लिगामा ३० खेलबाट ६५ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

समान खेलबाट समान ३० अंक जोडेको बार्सिलोना हेड टु हेडको आधारमा दोस्रो स्थानमा झरेको छ । लिगका अब ८ चरणका खेल हुन बाँकी छ ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा सेल्टा भिगोले एआाभेजलाई ६–० ले तथा भ्यालेन्सियाले ओसासुनालाई २–० ले हराएका छन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्