सुन्तली धुर्मुसले अर्काे परियोजना सञ्चालन गर्ने



aaजेठ २२ काठमाण्डौ । कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौथो परियोजना सञ्चालन गर्ने भएका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा करिव ५ अर्ब रुपैयाँको ‘नमूना नेपाल’ परियोजना घोषणा गरिएको हो । अवधारणा सार्वजनिक कार्यक्रममा कलाकार जोडीले परियोजनालाई ‘अतिमहत्वाकांक्षी भनी टिप्पणी गरेका छन् ।

‘जुन परियोजनाले पुरा नेपालको झल्को दिनेछ र पर्यटन प्रबद्र्धनको लागि महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौं । सिंगो देशका सम्पुर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमुना नेपाल,’ धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा सितराम कट्टेलले भन्नुभयो । ।

आयोजनाका लागि ५ सयदेखि १ हजार रोपनी जग्गा आवश्यक पर्ने कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले आयोजना महत्वाकांक्षी भए पनि असम्भव नभएको बताको वताउनुभयो । मन्त्रालयले आवश्यक जग्गाको सम्भाव्यताबारे छलफल गर्ने जानकारी दिए ।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमरा भूसाललगायतले शुभकामना दिए ।जग्गा प्राप्त भएर शीलान्यास गरेकै दिन निर्माण पूरा हुने दिन घोषणा गरिने कट्टेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्