मोरङ ६ मा लालबाबुु पण्डित बिजयी



सैघाली खबर
विराटनगर ,२३ मंसिर

सबैलाई चकित पार्दै मोरङ ६ मा लालबाबुु पण्डितले शेखर कोइरालालाई ६ सय ७५ मतले पराजित गरेका छन् । बिहान सबेरै सार्बजनिक गरिएको अन्तिम नतिजाअनुसार पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरे ।

जितपछि पण्डितले आफूले जनताको सेवा गरे वापत पुरस्कार पाएको बताएका छन् । उनले निर्वाचनका बेला जनतलाइ गरेको बाचा नभुल्ने बताउँदै सँधैभरि जनताको सेवामा लाग्ने प्रतिक्रिया दिए ।

सामान्य प्रशासन मन्त्री हुँदा डिभि पिआर प्राप्त राष्ट्रसेवक कर्मचारप्रति कसिलो नियम ल्याउदाँ पण्डितले लोकप्रियता हाँसिल गरेका थिए । उनको उक्त लोकप्रियताको कारण पनि जित निकाल्न सहज भएको धेरैको बुुझाई छ ।
मोरङ ६ काँग्रेसको बलियो पकड रहेको क्षेत्र थियो । लालबाबु र शेखरको प्रतिस्पर्धालाई निकै रोमाञ्चक ढंगले लिएको थियो, अन्ततः पण्डितले जित निकाल्न सफल बने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्