सैघाली खबर
सिन्धुपाल्चोक,२३ मंसिर
सिन्धुपाल्चोकमा वाम गठबन्धन विजयी भएको छ। सिन्धुपाल्चोकका प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवारहरू भारी मतले विजयी भएका हुन्।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले भारी मतले विजयी भएका छन्।सापकोटा ४० हजार पाँच सय चार मत ल्याएर विजयी भएका छन् भने उनका निकट्तम पतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले २९ हजार सात सय ९८ मत प्राप्त गरे।
त्यसैगरी क्षेत्र नं २ मा नेकपा एमालेका शेरबहादुर तामाङले ३८ हजार चार सय एक मत ल्याएर विजयी भएका छन्। उनका निकट्तम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पशुपति शमसेर राणाले ३० हजार तीन सय ६९ मत प्राप्त गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।